आज कुन देशको विनिमयदर कति, कुन बढ्यो, कुन घट्यो ?-Sutra News

आज कुन देशको विनिमयदर कति, कुन बढ्यो, कुन घट्यो ?

बुधबार, २६ भाद्र २०८१

बुधबार, २६ भाद्र २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार मङ्गलबारको तुलनामा आज अमेरिकी डलर, बेलायती स्टर्लिङ पाउण्ड, अस्ट्रेलियन डलरको मूल्य बढेको छ ।



यस्तै, जापानी येन, साउदी अरेबियन रियाल, कतारी रियाल, मलेसियन रिङ्गेट, युएई दिराम, हङकङ डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा पनि वृद्धि भएको छ । यूरोको मूल्य भने घटेको छ ।

मंगलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६४ पैसा रहेकामा आजका लागि खरिदर एक सय ३४ रुपैयाँ ०७ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

युरोपियन यूरो एकको खरिददर एक सय ४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ६२ पैसा रहेकामा आजका लागि खरिददर एक सय ४७ रुपैयाँ ९५ पैसा र बिक्री दर एक सय ४८ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९९ रुपैयाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ७५ र बिक्रीदर एक सय तीन रुपैयाँ २१ पैसा कायम भएको छ ।

जापानिज येन १० को आजका लागि खरिददर नौ रुपैयाँ ३६ र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा कायम छ ।

राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९५ पैसा कायम भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट