प्रि सेसनमा ३.३५ अंकले बढ्यो नेप्से, आजको कारोबार के होला ?-Sutra News

प्रि सेसनमा ३.३५ अंकले बढ्यो नेप्से, आजको कारोबार के होला ?

बुधबार, २६ भाद्र २०८१

बुधबार, २६ भाद्र २०८१

काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार)को प्रिसेसनमा सेयर बजार परिसूचक (नेप्से) ३.३५ अंकले बढेको छ । ३.३५ अंकले बढ्दै नेप्से २६३६.२९ को बिन्दुमा उक्लिएको छ ।



प्रिसेसनमा ४७ कम्पनीको कारोबार भएको छ । जसमा २४ कम्पनीको मूल्यमा बृद्धि भएको छ भने १५ कम्पनीको मूल्यमा गिरावट आएको छ । ८ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

प्रिसेसनमा जलविद्यूत क्षेत्रका कम्पनीहरुको कारोबार उच्च भएको छ ।

यसअघिका दिन तुलनामा उच्च कारोबार भएको प्रिसेसनमा २६६३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १६ लाख ५१ हजार ४३० रुपैयाँको भयो ।

यसअघि मंगलबार १३.०९ अंकले घट्दै नेप्से २६३२.९४ को बिन्दुमा बन्द भएको थियो । मंगलबार सूचकसँगै कारोबार रकम पनि भारी अंकले गिरावट आएको थियो ।
सरदर १० अर्ब हाराहारीमा कारोबार भइरहेको नेप्सेमा मंगलबार केही महिना यताकै कम ७ अर्ब २४ करोडमै कारोबार खुम्चिएको थियो ।

निरन्तरको गिरावटका बिच आजदेखि नेप्सेले कस्तो यात्रा गर्ला ? धेरै अन्योलमा छन् । कतिपयले यसलाई करेक्सन भनिरहेका छन् त कतिपयले यसलाई बुल सकिएको बताएका छन् । जसको तय आजको कारोबारदेखि हुनसक्ने अनुमान धेरैको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट