सुनको मूल्यले बनायाे नयाँ रेकर्ड-Sutra News

सुनको मूल्यले बनायाे नयाँ रेकर्ड

बुधबार, २६ भाद्र २०८१

बुधबार, २६ भाद्र २०८१

काठमाडाैं । स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ । लगातार बृद्धिका बिच साताकाे चाैथाे काराेबार दिन (बुधबार) सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलाकै १ लाख ५३ हजार ४०० रुपैयाँ कायम भएको छ ।

मंगलबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार ४०० कायम भएकोमा बुधबार प्रतिताेला १ हजार रूपैयाँले बढ्दै तोलामा १ लाख ५३ हजार ४०० रुपैयाँ पुगेकाे हाे ।

यसअघि गत भदौ २१ गते हालसम्मकै उच्च बिन्दुमा सुनको मूल्य पुगेकाे थियाे । उक्त दिन सुन प्रतितोला एक लाख ५३ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो।

बुधबारकाे मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला १ सय रूपैयाँले बढी हो।

सुनकाे मूल्यले नयाँ रेकर्ड बनाउँदा बुधबार चाँदीको मूल्य पनि ह्वात्तै बढेकाे छ । मंगलबारकाे तुलनामा प्रतितोला १५ रूपैयाँ बढ्दै चाँदी प्रतितोला १ हजार ७ सय ८० रूपैयाँ पुगेको महासंघले जनाएकाे छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय २० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा नै निरन्तर मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर देखिएको व्यवसायीहरू बताउँछन् । विशेषगरी मध्यपूर्वमा देखिएकाे संकटकाे प्रभाव सुनकाे मूल्यमा परिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट