काठमाडौं । कुमारी बैंकले सबै प्रदेशमा वित्तिय साक्षरता प्रर्वद्धनका लागि प्रशिक्षक प्रशिक्षण गर्ने काम सम्पन्न गरेको छ।
बैंकले वित्तीय ज्ञान, सीप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यावहारिक रूपमा वित्तिय साक्षरता प्रवर्द्धन हुने विश्वास लिएको छ।
यस अभियानमा सर्वसाधारणहरूको विषयगत संवेदनशिलतालाई सहजै बुझ्न सकिने गरि वित्तीय साक्षरता पुस्तिका, कुमारी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनय सहितका सन्देशमुलक भिडियोहरू, सचेतनामुलक सन्देशहरू विकास गरि नियमित रूपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ।
स्थानीय स्तरमा प्रशिक्षक प्रशिक्षणले आगामी दिनमा समुदायमा आधारित वित्तिय साक्षरता सामग्री विकास गरि समाजमा रहेका व्यावसायिक एवं उद्यमशिल संभावनाहरूलाई प्रवर्द्धन गर्दै उद्यमशिलता विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ।