आईसीसी विश्वकप लिग-२ खेल्न सन्दीपलाई अमेरिकाले दियो भिसा-Sutra News

आईसीसी विश्वकप लिग-२ खेल्न सन्दीपलाई अमेरिकाले दियो भिसा

बुधबार, २६ भाद्र २०८१

बुधबार, २६ भाद्र २०८१

काठमाडौँ । अमेरिकाले नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहेका सन्दीप लामिछानेलाई भिसा दिएको छ । आईसीसी विश्वकप लिग-२ खेल्न जान अमेरिकाले सन्दीपलाई भिसा उपलब्ध गराएको हो ।



आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोली मंगलबार राति क्यानडा उडेको छ । उक्त टोलीमा सन्दीपसमेत छन् । क्यानडामा लिग-२ को सिरिज खेलेर नेपाली टोली अमेरिका जाने छ ।

सन्दीपलाई टी-२० विश्वकप खेल्न अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो । बलात्कार मुद्दामा सन्दीपले उच्च अदालत पाटनबाट सफाइ पाए पनि भिसा नदिएपछि उनले विश्वकपको दुई खेल गुमाएका थिए । अहिले सन्दीपविरुद्ध मुद्दाको फैसलामा पूर्णपाठ आइसकेको छ ।

लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले सेप्टेम्बर १६ र २२ मा क्यानडासँग तथा सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्ने छ । यी दुई टोलीसँग नेपालले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने छ ।

सिरिजअन्तर्गत क्यानडासँग सेप्टेम्बर २८ र अक्टोबर १ तथा ओमानसँग सेप्टेम्बर २९ र अक्टोबर २ तारिखमा प्रतिस्पर्धा गर्नेछ । त्यसपछि नेपाली टोली लिग-२ अन्तर्गतकै अर्को सिरिज खेल्न अमेरिका जाने छ । अमेरिकामा घरेलु टोलीसँगै स्स्कटल्यान्डसँग प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट