एमाले विद्यार्थी संगठनका अध्यक्ष बडालले भने- बालेन जी ड्रग्सको नशाबाट उतारिनु-Sutra News

एमाले विद्यार्थी संगठनका अध्यक्ष बडालले भने- बालेन जी ड्रग्सको नशाबाट उतारिनु

बुधबार, २६ भाद्र २०८१

बुधबार, २६ भाद्र २०८१

काठमाडौँ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष समिक बडालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई ‘ड्रग्सको नशा’मा मनलाग्दी बोल्ने आरोप लगाएका छन् ।



बुधबार बिहान मात्रै मेयर साहले नदीको तटीय क्षेत्रमा २० मिटर कायम गर्ने सर्वोच्च अदालतले पाँच वर्षअघि गरेको फैसलामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसहित एमाले चुप लागेर बसेको बताएका थिए ।

‘म काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिन्छु कि भन्ने तपाईले थाहा पाउनुभन्दा तीन वर्षअगाडि न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले २०७६ साउन २० गते १२ बुँदे फैसला जारी गरी नदी तटको मापदण्ड थप २० मिटर कायम गर्न भनियो,’ मेयर साहले भने ।

मेयरको भनाइप्रति टिप्पणी गर्दै अनेरास्ववियूका अध्यक्ष बडालले अदालतको फैसलाविरुद्ध पुनरावेदन (भ्याकेट) गर्न पूर्ण पाठ आउनु पर्ने बताउँदै बालेनले ड्रग्सको नशा उतार्नस पर्ने बताए । ‘भ्याकेटमा जान पूर्ण पाठ आउनु पर्छ भन्ने कुरा बालेनले बुझ्न ड्रग्सको नशा उतारिनु पर्छ,’ उनले भने ।

यस्तै, बडालले बालेन अत्यन्तै अशिष्ट हुँदै गएको आरोप लगाउँदै राजनीतिबारे केही थाहा नभएको, काममा माखो मार्न नसेकेको, मुख छाड्नेभन्दा अरू केही गर्न नसकेको दाबी गरे ।

यस क्रममा अध्यक्ष बडालले ‘तेली’ साह भएर शाह लेखेको मेयर बालेनले आफ्नो सर्टिफिकेटमा नाम सच्याउन खोजेको जिकीर गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट