उपसभामुखलाई पदबाट हटाउने कार्य घातक- सभापति लामिछाने-Sutra News

उपसभामुखलाई पदबाट हटाउने कार्य घातक- सभापति लामिछाने

बुधबार, २६ भाद्र २०८१

बुधबार, २६ भाद्र २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कदम घातक हुने चेतावनी दिएको छ । सिंहदरबारमा बसेको रास्वपा सचिवालय बैठकले उपसभामुखलाई पदबाट हटाउने काम गलत हुने र सत्ता गठबन्धनका लागि घातक हुने चेतावनी दिएको हो ।



बैठकपछि रास्वपा सभापति रवि लामिछानेले उपसभामुखलाई हटाउने काम गलत हुने र दुई तिहाई शक्तिको दुरुपयोग नगर्न ध्यानाकर्षण गरेको बताएका हुन् । यस विषयमा सत्तापक्षका नेताहरूको पनि ध्यानाकर्षण गराइएको उनको भनाइ थियो ।

लामिछानले सहकारी प्रकरणमा आफूमाथि लगाएको आरोपविरुद्ध बोल्ने ठाउँ रहेको भन्दै अन्य सहकारी पीडितहरूको समस्यालाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिए । पोखरामा आफूलाई देखाइएको कालो झण्डा सहकारी पीडितको पीडा रहेको भन्दै खुल्ला रुपमा छलफल गर्न आफू तयार रहेको बताए ।

यस्तै रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले १८ महिनाअघि लेखिएको पत्रलाई लिएर उपसभामुखलाई हटाउने काम गलत भएको प्रतिक्रिया दिएका थिए । उनले संवैधानिक परिषदलाई आफ्नो अनुकुल बनाउन सत्ता गठबन्धनले उपसभामुख हटाउन खोजेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट