काठमाडौँ । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले आफ्नो पदबाट दिएको राजीनामा मुख्यमन्त्री चेतनारायण आचार्यले स्वीकृत गरेका छन् ।
बाँके क्षेत्र नं ३ प्रदेशसभा (ख)बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य कुर्मी गत साउन ९ गते लुम्बिनी प्रदेशको वन तथा वातावरणमन्त्री नियुक्त भएका थिए ।
मन्त्रीमा नियुक्त भएदेखि उनको बारेमा मानव अधिकारकर्मीले विरोध गर्दै आएका थिए । आफूमाथि लागेको आरोपबारे छानबिन गर्न मार्ग प्रशस्त गर्न मन्त्री पदबाट राजीनामा दिएको उनको भनाइ थियो ।