काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सत्ता पक्ष र प्रतिपक्षी दलहरूबीच वादविवाद चर्किएको छ । सभामुख देवराज घिमिरेले भदौ १२ गते नेकपा एमाले सांसद योगेश भट्टराईले बोलेको हिंसा शब्द रेकर्डबाट नहटाउने निर्णय गरेसँगै विवाद सुरु भएको हो ।
बुधबार बसेको संसद बैठकमा सभामुख घिमिरेले एमाले सांसद भट्टराईले प्रयोग गरेको हिंसा भन्ने शब्द असंसदीय नभएकाले रेकर्डबाट नहटाउन निर्णय बताएका थिए ।
सभामुखको निर्णयपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सभामुखको निर्णय गलत भएको खण्डन गरेका थिए ।
सभामुखले यस विषयमा वादविवाद नगरौँ भन्दै बोल्न नदिएपछि माओवादी सांसदहरू सिटबाट उठेर संसद अवरोध गरेका थिए ।