ठगीको आरोपमा कलाकार ‘इकु’ पक्राउ-Sutra News

ठगीको आरोपमा कलाकार ‘इकु’ पक्राउ

बुधबार, २६ भाद्र २०८१

बुधबार, २६ भाद्र २०८१

काठमाडौँ । कलाकार सुलेमान शंकर (इकु) भनिने सूर्यमान शंकर पक्राउ परेका छन् । कलाकारको भिसामा युरोप पठाइदिने भन्दै ठगी गरेको आरोपमा उनलाई पक्राउ गरेको हो ।



उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरेको हो । ललितपुरको धापाखेल घर भएका ४० वर्षीय इकुले विदेशमा हुने सांस्कृतिक कार्यक्रकमा गैर कलाकारलाई कालाकार बनाएर क्यानडा, अष्ट्रेलिया तथा युरोपमा लैजाने भन्दै ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

यस क्रममा उनले एसएमएस फिल्म प्रा.लि.को नाममा ग्लोबल आईएमई बैंकमा रहेको खातामा प्रतिव्यक्ति १५ देखि २० लाख रकम जम्मा गर्न लगाएका थिए ।

पक्राउ परेका उनीविरुद्ध ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट