एन्फा महिला लिग- कोशीमाथि पुलिस क्लब हाबी-Sutra News

एन्फा महिला लिग- कोशीमाथि पुलिस क्लब हाबी

बुधबार, २६ भाद्र २०८१

बुधबार, २६ भाद्र २०८१

काठमाडौँ । कोशी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लब एन्फा महिला लिगको शीर्ष स्थानमा उक्लिएको छ ।



सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा कोशीलाई ४-० गोलले पराजित गदै पुलिस तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । जारी लिगमा कोशीको यो पहिलो हार हो ।

पुलिसको जितमा अनुस्का शेर्पाले खेलको २४ औँ मिनेटमा गोल गरेकी थिइन् । निर्मला उपाध्यायले ४६ औँ, सम्झना लावतीले ७९ औँ मिनेट र अमृता जैशीले खेलको ८८ औँ मिनेटमा गोल गरेकी थिइन् ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको पुलिसले चार खेलबाट १० अंक जोडेको छ । पहिलो हार बेहोरेको कोशी ९ अंकका साथ दोश्रो स्थानमा रहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट