धरानका मेयर साम्पाङ भन्छन्– बालेन र मलाई जेल हाल्ने डिजाइन गरिएकाे छ-Sutra News

धरानका मेयर साम्पाङ भन्छन्– बालेन र मलाई जेल हाल्ने डिजाइन गरिएकाे छ

बुधबार, २६ भाद्र २०८१

बुधबार, २६ भाद्र २०८१

काठमाडाैं । धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङले आफू र काठमाडौं महानगरका मेयर बालेन्द्र साह ‘बालेन’लाई जेल हाल्ने योजना बनिरहेकाे दाबी गरेका छन् । बुधबार सामाजिक सञ्जालमा लेख्दै मेयर साम्पाङले यस्ताे बताएका हुन् ।



‘बालेन र मलाई जेल हाल्नेसम्मको योजना छ रे उनेरुको !’, साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन् ।

साम्पाङले के विषयमा र कसले जेल हाल्ने याेजना बनाएकाे भन्ने सन्दर्भमा बाेलेका छैनन् । यद्दपि, उनले वर्तमान सरकार नेतृत्वकर्ता त्यतातिर भएकाे संकेत गरेका छन् ।

अहिले काठमाडाैंका मेयर साह र प्रधानमन्त्री केपी शर्मा ओलीबिच विवादकाे अवस्था छ । विभिन्न खण्डमा देखिएकाे विवाद अहिले नदी तटको मापदण्ड सन्दर्भमा सतहमै देखिन्छ । मेयर साहले नियमितजसाे ओलीविरूद्ध सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिइरहेका छन् ।

जसमा मेयर साम्पाङले पनि सघाइरहेका छन् । यद्दपि, ओली र साम्पाङबिच भने कुनै ठाेस विवाद भने देखिएकाे छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट