एक करोड ६५ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ-Sutra News

एक करोड ६५ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

बुधबार, २६ भाद्र २०८१

बुधबार, २६ भाद्र २०८१

काठमाडौँ । प्रहरीले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारका लागि क्यानडा पठाउने भन्दै ठगी गरेको आरोपमा रण बहादुर घर्ती पक्राउ परेका हुन् ।



प्रहरीका अनुसार घर्तीले एक करोड ६५ लाख रुपैयाँ ठगी गरेका थिए । उनलाई काठमाडौँ महानगर १६ बनस्थलीबाट पक्राउ गरिएको हो ।

यसबारे थप अनुसन्धान गर्नका लागि प्रहरीले आरोपी घर्तीलाई वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट