मिनी ट्रक पल्टिँदा सात जनाको मृत्यु-Sutra News

मिनी ट्रक पल्टिँदा सात जनाको मृत्यु

बुधबार, २६ भाद्र २०८१

बुधबार, २६ भाद्र २०८१

काठमाडौँ । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा मिनी ट्रक पल्टिएर नहरमा खस्दा सात जनाको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।



मृतक सबै मजदुर थिए । उनीहरू मिनी ट्रकमा काजुको बोरामा बसेका थिए । खाल्डोबाट बच्न तीव्र गतिमा मोड लिँदा चालकले नियन्त्रण गुमाउँदा गाडी पल्टिएर नहरमा खसेको थियो ।

गाडी पल्टिएपछि मजदुर नहरमा खसेका र काजुको बोराको तौलले थिचेको थियो । श्वासप्रश्वासमा समस्या भई उनीहरूको मृत्यु भएको हो ।

सडक दुर्घटना राज्यको पूर्वी गोदावरी जिल्लाको चिन्नयागुडेम गाउँमा भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट