आज तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?-Sutra News

आज तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

बिहिबार, २७ भाद्र २०८१

बिहिबार, २७ भाद्र २०८१

आज मिति २०८१ भदौ २७ गते बिहीबार । सन् २०२४ सेप्टेम्बर १२ तारिख । नेपाल सम्बत ११४४ नवमी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ४७ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ११ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

नयाँ काम सुरु गर्ने समय छ । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका जुर्न सक्छ । आतिथ्यपूर्ण सम्मान पनि पाइने योग छ । ब्यवसायबाट लाभ भएपनि आज कृषि तथा पशुपालनमा रहेका व्यवसायीको हकमा खर्च केही बढ्नेछ । साझेदारीको काम बन्नेछ । दाम्पत्यसुख रहनेछ । समग्रमा दिन राम्रै छ ।

बृष

सामान्य प्रयासबाटै काममा सफलता मिल्ने समय छ । काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ । बाह्य क्षेत्रका अधुरा काम छन् भने पूरा हुने दिशामा अघि बढ्ने योग छ । समस्यामा साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । रचनात्मक कामले प्रतिष्ठा दिलाउला । पारिवारिक समस्याको समाधान मिल्नेछ । उत्साह बढ्नेछ ।

मिथुन

गरेका कामको आज राम्रे प्रशंसा हुनेछ । सामाजिक प्रतिष्ठा पनि मिल्ने समय छ । बोली र व्यवहारमा संयमता अपनाउन सके आज कठिन कार्यमा पनि सफलता प्राप्त हुने योग छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने अवस्था निम्तन सक्छ, विशेष सचेत रहनुहोला । निर्णय गलत ठाउँमा नपरोस् भनी सचेत रहनुपर्ने अवस्था छ । विवादबाट बच्न विशेष सचेत रहनु उचित होला । प्रेमभाव बढ्नेछ ।

कर्कट

टाढिएका सहयोगीहरूको पनि साथ मिल्ने समय छ । शिक्षा क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । ब्यापारबाट सोचे झैं लाभ हुनेछ भने नयाँ कामको सुरुवातचाहिँ आज खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । पहिलेका कमजोरीलाई सुधार गर्न चाहे सफलता मिल्ने योग छ । सन्तानसुख बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण रहनेछ ।

सिंह

आरोग्यता र ब्यस्तता बढ्नेछ । समय शुभदायी छ । आम्दानी बढ्न सक्छ । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी भइएला । भौतिक सुख–सुविधाको साधन प्राप्तिको योग छ । अध्ययन तथा अध्यापन कार्यमा शुभ रहेको छ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनुपर्ला, जसबाट प्रतिष्ठा उकासिने सम्भावना छ । रसरागको भाव वृद्धि होला ।

कन्या

मिश्रित फलदायी दिन छ । कामहरू बन्नेछन् तर कठिन कार्यको बोझ वा जिम्मेवारी थपिन सक्छ । सुख–दुःखमा साथ दिनेहरू भेटिनेछन् । रमाइलो यात्राको योग छ । झुठो आरोपबाट बच्न बोली तथा व्यवहारमा सजगता अपनाउनुपर्ने समय छ । साहित्यिक कार्यमा मन जानेछ । पराक्रम वृद्धि हुनेछ ।

तुला

आजको दिन स्वास्थ्य केही कमजोर रहे पनि महत्वपूर्ण काममा परिस्थितिले साथ दिनेछ । आफ्नो जिम्मेवारकिा अलावा अरूका काममा पनि समय खर्च गर्नुपर्ने योग छ । पढाइलेखाइमा खासै ध्यान दिन सकिने छैन । पीडा दिने खोज्नेहरू सक्रिय रहन सक्छन्, विशेष सवधान रहनुहोला ।

बृश्चिक

कोशिस गर्दा केही अवसर मिल्न सक्छ । आर्थिक पक्ष सबल बन्नेछ तर आजको दिन काममा अलिक प्रतिस्पर्धा गर्नुपर्ला । चुनौती देखा पर्ने छन्, तथापि चुनौतीहरू सजिलै पार लाग्नेछन् । बुद्धिविवेकले राम्रो काम गर्नेछ र आवश्यकता परेको बेला ठिक निर्णय हुनेछ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । सुख वृद्धि होला । सुख–सुविधाको वस्तु किन्नु हुनेछ । ऋण, रोग र शत्रु पक्ष कमजोर सावत हुनेछन् ।

धनु

प्रतिस्पर्धीहरू पराजित हुनुका साथै आँटे–गरेको कार्यमा सफलता मिल्ने समय छ । प्रेम र मित्रताको बन्धन कसिएला । व्यापारमा पनि फाइदा नै हुनेछ, तर खर्च भने आज केही वृद्धि नै होला । मिठो भोजन प्राप्त हुनेछ । रचनात्मक कार्य विशेष सफल हुने दिन छ । गीतसंगीत एवम् रसरागात्मक कार्यमा आकर्षण रहने छ।

मकर

आजको दिन घरायसी समस्याले सताए पनि महत्वपूर्ण कार्य सफल हुनाले मन सन्तुष्ट रहला । व्यवसायिक कामका लागि अलिक परको यात्रा सम्भावना छ । आयआर्जनको बाटो खुल्न सक्छ । चोटपटकको योग भएकोले विशेष सावधानी अपनाउनु हितकर होला । मित्र वर्गबाट साथ–सहयोग पाइनेछ । सामाजिक एवं राजनैतिक क्षेत्रमा गरेको योगदानले मानसम्मान मिल्ने समय छ । शत्रु परास्त हुनेछ भने नियमकानूनले साथ दिनेछ ।

कुम्भ

नयाँ काम सुरु गर्ने समय छ, तर झमेला, विवाद र चोटपटकको योग छ । खर्चको मात्रा बढ्न सक्छ, आर्थिक अभावले सताउला । कामको चाप पनि बढ्ने देखिन्छ । आर्थिक हानी हुनसक्ने योग रहेकाले आज सावधान रहनु होला । चुनौतीका बाबजुद कर्मबल घट्ने छैन । बौद्धिक कार्यमा सफलता मिल्नेछ ।

मीन

आजको दिन काममा केही चुनौती देखापर्ने देखिन्छ । पठनपाठनमा पनि त्यत्ति ध्यान दिन नसकिएला । स्वास्थ्यमा आइपर्ने सामान्य समस्याले नियमित काम प्रभावित हुने सम्भावना छ । यात्राजन्य कार्य सफल हुने योग छ । समस्यामा आफन्तको साथ मिल्नेछ । सुख विलासको भाव पैदा होला ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट