प्रिसेसनमा दोहोरो अंकले बढ्यो नेप्से, बैंकिङ्ग र अन्य समूहमा उत्साह-Sutra News

प्रिसेसनमा दोहोरो अंकले बढ्यो नेप्से, बैंकिङ्ग र अन्य समूहमा उत्साह

बिहिबार, २७ भाद्र २०८१

बिहिबार, २७ भाद्र २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार)को प्रिसेसनमा सेयर बजार परिसूचक (नेप्से) उत्साहित बनाउने गरी बढेको छ । १५.२४ अंकले बढ्दै नेप्से २६२५.४६ को बिन्दुमा उक्लिएको छ । प्रिसेसनमा यो बृद्धि केही कारोबार दिनयताकै उच्च हो ।



प्रिसेसनमा ६८ कम्पनीको कारोबार भएको छ । जसमा ३३ कम्पनीको मूल्यमा बृद्धि भएको छ भने २१ कम्पनीको मूल्यमा गिरावट आएको छ । ४ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

प्रिसेसनमा बैंकिङ्ग र अन्य समूह चम्किएको छ । दुवै समूहको सूचक १ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ ।

यसअघिका दिन तुलनामा उच्च कारोबार भएको प्रिसेसनमा ३३०४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २१ लाख ८१ हजार ८६६ रुपैयाँको भयो ।

यसअघि बुधबार २२.७३ अंकले घट्दै नेप्से २६१०.२१ को बिन्दुमा झरेको थियो । बुधबार सूचकसँगै कारोबार रकम पनि भारी अंकले गिरावट आएको थियो ।

सरदर १० अर्ब हाराहारीमा कारोबार भइरहेको नेप्सेमा बुधबार केही महिना यताकै कम ६ अर्ब ५० करोडमै कारोबार खुम्चिएको थियो ।

यद्यपि, अन्तिम कारोबार दिनको प्रिसेसनको बृद्धिले नेप्सेले पुनः लय लिने स्थिति देखिएको छ । बजार विश्लेषकहरुले पनि करेक्सनको कोर्ष सकिएको बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट