उच्च विन्दुमा पुगेर फेरि घट्यो सुनको भाउ-Sutra News

उच्च विन्दुमा पुगेर फेरि घट्यो सुनको भाउ

बिहिबार, २७ भाद्र २०८१

बिहिबार, २७ भाद्र २०८१

काठमाडाैं । स्थानीय बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ। बुधबार एकै दिन एक हजार रूपैयाँकाे दरले मूल्य बढेर नयाँ रेकर्ड बनाएकाे सुनकाे मूल्य आज प्रतिताेला एक सय रूपैयाँले घटेकाे हाे ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५३ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

बुधबारकाे मूल्य हालसम्मकै उच्च हाे ।

सुनकाे मूल्य घट्दा बिहीबार चाँदीकाे मूल्य पनि घटेकाे महासंघले जनाएकाे छ । महासंघका अनुसार बुधबारकाे तुलनामा चाँदी प्रतिताेला १५ रूपैयाँ घटेकाे हाे ।

मूल्य घटेसँगै बिहीबार प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएकाे छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट