काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले बोलाएर छलफल गरेका हुन् ।
बालुवाटारमा समसामयिक राजनीतिक विषयसँगै प्रधानमन्त्री ओलीको आसन्न संयुक्त राष्ट्र संघमा सहभागि हुने विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उपसभामुख इन्दिरा राना मगरलाई हटाउने दलहरुको तयारीले राजनीतिक वृत्त तात्तिएको छ । यहीबिच प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।
बुधबार पाँच बजेलाई बैठक आह्वान भएकोमा प्रमुख प्रतिपक्षी लगायत दलसँग परामर्श गर्नुपर्ने भन्दै शुक्रबारसम्मका लागि बैठक सारिएको थियो ।
विकसित घटनाक्रमका बिच भएको यो छलफललाई अर्थपूर्णरुपमा हेरिएको छ ।