काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईंका अनुसार बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो अमेरिका भ्रमणबारे जानकारी गराउने भएका हुन् ।
प्रधानमन्त्री ओलीले ३१ भदौमा प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने तय भएको उनले जनाए ।
प्रधानमन्त्री ओली असोज ४ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण यसअघि बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो ।
प्रधानमन्त्रीको टोलीमा परराष्ट्रमन्त्री आरजु देउवा राणा, पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायत सहभागी हुने जनाइएका छन् ।