नेपालमा उत्पादित तरकारी कतार निर्यात हुने-Sutra News

नेपालमा उत्पादित तरकारी कतार निर्यात हुने

बिहिबार, २७ भाद्र २०८१

बिहिबार, २७ भाद्र २०८१

काठमाडौँ । नेपालमा उत्पादित हरियो तरकारी कतारमा निर्यात हुने भएको छ । चिनियाँ सहयोगमा नेपालको कृषि कार्यक्रमअर्न्तगत पहिलो चरणमा काठमाडौँको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित तरकारी कतारमा निर्यात भएको हो ।



बिहीबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आयोजित कार्यक्रममा नेपालका लागि कतारी राजदूतलाई हरियो तरकारी हस्तान्तरण गरिएको थियो । ग्रामीण विकासका लागि चाइना फाउण्डेसनको कृषि प्रवर्द्धन कार्यक्रमअन्तर्गत दक्षिणकाली नगरपालिकामा तरकारी खेती गरिएको थियो ।

दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेतले किसानहरूले उत्पादन गरेका हरिया तरकारी निर्यातसँगै यसले मुलुकको आर्थिक विकासमा पनि टेवा पुग्ने र किसानहरूलाई प्रोत्साहन हुने विश्वास व्यक्त गरे ।

तरकारी उत्पादनका लागि ग्रामीण विकासका लागि चाइना फाउण्डेसनले किसानहरूलाई विशेष तालिमका साथै आवश्यक कृषि सामाग्रीसमेत उपलब्ध गराएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट