मन्त्रीहरूसँग कार्य सम्पादन सम्झौता गर्दै प्रधानमन्त्री-Sutra News

मन्त्रीहरूसँग कार्य सम्पादन सम्झौता गर्दै प्रधानमन्त्री

बिहिबार, २७ भाद्र २०८१

बिहिबार, २७ भाद्र २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूसँग कार्य सम्पादन सम्झौता गर्ने भएका छन् । मन्त्री मण्डललाई पूर्णता दिएसँगै मन्त्रीहरूले एक वर्षसम्म गर्ने कामको कार्य योजना मागेका प्रधानमन्त्रीले आज कार्य सम्पादन सम्झौता गर्ने भएका हुन् ।



प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई सिंहदरबारमा बस्ने गरी बोलाएर कार्य सम्पादन सम्झौता गर्ने भएका हुन् । यसका लागि दिउँसो २ बजे प्रधानमन्त्री र मन्त्रीहरूबीच छलफल हुने भएको हो ।

सुशासन र स्थिरताका लागि भन्दै गत असार ३० गते कांग्रेस एमालेको सरकार बनेको दुई महिना पुग्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट