विशाल क्षुद्रग्रह एपोफिस पृथ्वीतर्फ आउँदै, ठोक्किने सम्भावन कति ?-Sutra News

विशाल क्षुद्रग्रह एपोफिस पृथ्वीतर्फ आउँदै, ठोक्किने सम्भावन कति ?

बिहिबार, २७ भाद्र २०८१

बिहिबार, २७ भाद्र २०८१

काठमाडौँ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले ३३५ मिटर लामो क्षुद्रग्रह पृथ्वीतर्फ आउँदै गरेको दाबी गरेको छ । यस क्षुद्रग्रहको नाम अपोफिस हो । जुन सन् २००४ मा पत्ता लागेको थियो ।



यो अपोफिस अप्रिल १३ मा २०२९ मा मा पृथ्वीको नजिक भएर जानेछ । यस अवधिमा पृथ्वीबाट यसको न्यूनतम दूरी ३२ हजार किलोमिटर मात्रै हुनेछ ।

तर, अहिले अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यो पृथ्वीसँग ठोक्किने सम्भावनालाई अस्वीकार गरेको छ । जब एपोफिस पृथ्वीको नजिक हुन्छ, नासाको ‍ओसिरिस एपेक्स अन्तरिक्ष यानले यसको अध्ययन गर्ने छ ।

एस्टेरोइड एपोफिस अमेरिकाको किट पीक नेशनल अब्जर्भेटरीले २००४ मा पत्ता लगाएको थियो । त्यसपछि सन् २०२९ मा पृथ्वीमा ठोक्किने सम्भावना थियो । यसको साइज करिब ३ सय ३५ मिटर अर्थात् ११ सय फिट रहेको छ । यो पृथ्वी नजिकैको सबैभन्दा खतरनाक वस्तुमा गनिन्छ ।

पछि, यसको निरन्तर ट्र्याकिङ र गोल्डस्टोन डीप स्पेस कम्युनिकेसन र द ग्रीक बैंक टेलिस्कोपबाट उच्च रिजोल्युसन रडार डेटाले यसको कक्षा म्याप गर्न मद्दत गर्यो । त्यसपछि यससँग सम्बन्धित जोखिम कम भयो ।

यो एक एक एस प्रकारको क्षुद्रग्रह हो । यो सिलिकेट सामग्रीबाट बनेको हुन्छ । जसमा निकल र फलाम मिसाइन्छ । यसको मुंगफली जस्तो आकारले वैज्ञानिकलाई यसको अध्ययन गर्न आकर्षित गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट