तमन्ना भाटियाले पटक-पटक किन गरिन् ब्रेकअप ?-Sutra News

तमन्ना भाटियाले पटक-पटक किन गरिन् ब्रेकअप ?

बिहिबार, २७ भाद्र २०८१

बिहिबार, २७ भाद्र २०८१

काठमाडाैं । अभिनेत्री तमन्ना भाटिया यतिबेला फिल्म ‘स्त्री २’ लाई लिएर चर्चामा छिन् । उनको यो फिल्ममा रहेको आइटम गीत ‘आज की रात’ फ्यानमाझ निकै रुचाइएको छ । यो गीत बारम्बार सुन्ने र नायिकाको नृत्यको तारिफ गर्दागर्दै थकित नहुने अवस्था छ ।



यसैबीच तमन्ना भाटियाले पोड कास्टमा आफ्नो व्यक्तिगत जीवनको बारेमा धेरै कुरा खाेलेकी छिन् । उनले अभिनेता विजय वर्मासँगको आफ्नो सम्बन्धको बारेमा पनि धेरै गोप्य खुलासा गरेकी छिन् ।

कुराकानी क्रममा तमन्नाले यसअघिका सम्बन्धबारे पनि खुलासा गरेकी छिन् । तमन्ना भाटियाले पोड कास्टमा आफ्नो यसअघि दुई वटा ब्रेकअपको बारेमा कुरा गरेकी छिन् ।

मिडिया रिपोर्टका अनुसार तमन्ना भाटियाले श्रद्धा कपूर र राजकुमार रावको फिल्म ‘स्त्री २’ को सफलतापछि पोड कास्टमा आफ्नो व्यक्तिगत जीवनसँग सम्बन्धित धेरै कुराहरूबारे कुरा गरेकी थिइन् ।

तमन्नाले आफू किशोरावस्थामै प्रेममा परेको खुलासा गरेकी छिन् । तर, उनीहरुको सम्बन्ध बिग्रिएको थियो । त्यसपछि उनीहरुले ब्रेकअप गर्ने निर्णय गरेका थिए ।

तमन्ना भाटियाले आफ्नो सपना पूरा नगर्ने पार्टनर नचाहेको बताएकी छिन् । यही कारणले उनलाई दोस्रो पटक अर्को व्यक्तिसँग पनि ब्रेकअप गर्नुपरेको थियो ।

अभिनेत्रीले आफ्नो मुटु दुई पटक भाँचिएको बताइन् । तमन्ना यतिबेला अभिनेता विजय वर्मासँगको सम्बन्धका कारण चर्चामा छिन् ।

गत वर्ष २०२३ मा दुवैले आफ्नो सम्बन्धको पुष्टि गरेका थिए । आफ्नो सम्बन्धको बारेमा कुरा गर्दै तमन्नाले पहिलो पटक आफूलाई विजय वर्मामाथि पूरा भरोसा रहेको बताइन् ।

रोमान्सको बारेमा कुरा गर्दै अभिनेत्रीले भनिन्, ‘विजयले मेरो पूरा ख्याल राख्नेछन् भन्ने मलाई थाहा छ, त्यसैले म उहाँलाई असाध्यै माया गर्छु।’

आमा बन्ने डर

जब तमन्नालाई सोधियो बिहे कहिले गर्ने ? यसबारे अभिनेत्रीले स्पष्ट जवाफ नदिई आफुलाई बिहेमा चासो नरहेको बताइन् । साथै, तमन्नाले आफू भविष्यमा आमा बन्न नचाहेको बताएकी छिन् । सन्तान जन्माउन डर लागेको पनि उनी बताउँछिन् ।

‘म यो सब कसरी गर्न सक्छु ? म कसैलाई यति धेरै माया, हेरचाह र पालनपोषण गर्न सक्दिन। मलाई मेरा आमाबुवाले यति धेरै माया दिनुभएको छ कि म आफैंलाई सोच्छु कि यदि म आमा भएँ भने मैले बच्चालाई कसरी सम्हाल्न सक्छु? त्यसैले मलाई सन्तान जन्माउन डर लाग्छ।’, उनले भनेकी छिन् ।

उल्लेखनीय छ कि तमन्ना भाटिया ‘पैया’, ‘सिरुथाई’, ‘बाहुबली’, ‘लस्ट स्टोरी’ र ‘स्त्री २’ जस्ता धेरै फिल्ममा देखिइसकेकी छिन्। उनले पहिलो पटक अभिनेता विजय वर्मासँग फिल्म ‘लस्ट स्टोरी’ मा काम गरेकी थिइन् । रिपोर्टका अनुसार दुवै फिल्मको सुटिङका ​​क्रममा एकअर्काको नजिक आएका थिए । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट