कोटीहोमको आयव्यय सार्वजनिक, आम्दानीभन्दा खर्च बढी-Sutra News

कोटीहोमको आयव्यय सार्वजनिक, आम्दानीभन्दा खर्च बढी

बिहिबार, २७ भाद्र २०८१

बिहिबार, २७ भाद्र २०८१

काठमाडौँ । गत साउनमा पशुपति मन्दिर परिसरभित्र सम्पन्न कोटीहोमको आयव्यय सार्वजनिक भएको छ । एक महिनासम्म सञ्चालन भएको कोटीहोमको आम्दानीभन्दा खर्च धेरै भएको विवरण आयोजक विजय कृष्णमुर्तिले सार्वजनिक गरेका हुन् ।



कोटीहोम सकिएको झण्डै दुई महिनापछि आज आयव्यय विवरण सार्वजनिक गरिएको हो । कृष्णमुर्तिका अनुसार कोटीहोममा २० करोड १५ लाख ८२ हजारभन्दा बढी नगद र सामान संकलन भएको थियो ।

खर्चका रुपमा भने २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ भएको कृष्णमुर्तिले बताए । जसअनुसार आम्दानीभन्दा ७२ लाख ५० हजार रुपैयाँ घाटा भएको उनको दाबी छ ।

महायज्ञमा कबोल भएकोमध्ये डेढ करोडदेखि दुई करोड रूपैयाँ उठ्न बाँकी रहेको छ । उक्त रकम संकलित भए बचत हुने कृष्णमुर्तिले बताए ।

उनका अनुसार नगद रसिदबाट १७ करोड ४६ लाखभन्दा बढी रकम संकलन भएको थियो । अनलाइन क्यूआर पेपेन्टमार्फत एक करोड ३६ लाख ७९ हजार ३४० रुपैयाँ उठेको थियो भने दान पेटिकामा ४१ लाख ७७ हजार रूपैयाँ संकलन भएको थियो ।

आयोजक कृष्णमूर्तिले बिहीबार पत्रकार सम्मेलन गर्दै कोटीहोममा कूल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलनको हिसाब देखाएका हुन् ।

‘एक युगमा एक पटक, इतिहासमै पहिलो पटक’ भन्ने नाराका साथ पशुपतिको वनकालीमा सञ्चालन भएको कोटीहोममा चचिर्त कथा वाचकहरूले कथा वाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट