प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले भेनस हस्पिटलका सेवामा छुट पाउने-Sutra News

प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले भेनस हस्पिटलका सेवामा छुट पाउने

बिहिबार, २७ भाद्र २०८१

बिहिबार, २७ भाद्र २०८१

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले मध्यबानेश्वरस्थित भेनस हस्पिटल प्रा.लि.को सेवामा छुट पाउने भएका छन् । एक समारोहका बिच बैंक र हस्पिटलले सो छुट सेवाबारे सम्झौता गरेका हुन् ।



बैंकका बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्र बाबु बिष्ट र हस्पिटलका जनरल म्यानेजर मनीषा ढकालबिच छुटसम्बन्धी सम्झौता भएको हो । सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले भेनस हस्पिटलका सेवामा ७ देखि १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

जनाइएअनुसार उपचार सेवा लिँदा फार्मेसी, हेल्थ प्याकेज, डाईग्नोष्टिकमा छुट पाइनेछ । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले बैंकको डेबिट, क्रेडिट, प्रिभलेज कार्ड तथा क्यूआरबाट भूक्तानी दिनुपर्नेछ ।

देशभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा दिँदै आएको बैंकले पछिल्लो समय ग्राहक तथा कर्मचारी लक्षित गरी विभिन्न संस्थाहरुसँग व्यवसायिक साझेदारी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट