खाने हैन त टिकटक कम्पनीमा जागिर ?-Sutra News

खाने हैन त टिकटक कम्पनीमा जागिर ?

बिहिबार, २७ भाद्र २०८१

बिहिबार, २७ भाद्र २०८१

काठमाडौँ । टिकटक कम्पनीले नेपालीका लागि जागिर खुलाएको छ । कम्पनीको आधिकारिक वेबसाइटमा जानकारी दिँदै सार्वजनिक नीति व्यवस्थापक अर्थात् पब्लिक पलिसी म्यानेजरको पदमा जागिर खुलाएको हो ।



तर, जागिरको केन्द्र नेपाल नभएर दुबईमा हुने कम्पनीले जनाएको छ । विश्वभर ११ स्थानमा कार्यालय भएको टिकटकको मुख्यालय सिंगापुर र अमेरिकाको लस एन्जलसमा छ । अरु कार्यालय दुबई, सिओेल, जकार्ता, टोक्यो, बर्लिन, पेरिस, डब्लिन, लण्डन र न्यू योर्कमा छन् ।

नेपाल हेर्नेका लागि दुबई भएकाले कार्यालयलाई आधार भएको कार्यालयमा नेपाल मामिला हेर्ने कर्मचारी टिकटकले खुला गर्न लागेको देखिएको छ ।

सार्वजनिक नीतिमा काम गरेको, सरकारी निकायसँग जोडिएर काम गरेको अनुभव भएका, गैरसरकारी संस्थामा काम गरेको अनुभव भएका तथा नेपाली र अंग्रेजी लेखन, पठनमा पोख्त हुनु पर्ने लगायतका योग्यताहरु टिकटकले तोकेको छ । तलब सुविधा र अरुको बारेमा केही खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट