सरकार एक्लैले पूर्वाधार विकास गर्न सक्दैन- प्रधानमन्त्री-Sutra News

सरकार एक्लैले पूर्वाधार विकास गर्न सक्दैन- प्रधानमन्त्री

बिहिबार, २७ भाद्र २०८१

बिहिबार, २७ भाद्र २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पूर्वाधार विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।



बिहीबारदेखि काठमाडौंमा सुरु नेपाल पूर्वाधार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको र सरकार एक्लैले पूर्वाधार विकास गर्न नसक्ने भएकाले निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । आवश्यक पूर्वाधार बनाउँदै सुखी नेपाली समृद्ध नेपालको नारालाई सबै मिलेर साकार बनाउनु पर्नेमा उनले जोड दिए ।

प्रधानमन्त्री ओलीले तीन तहको सरकार मिलेर देशको आर्थिक क्षेत्रलाई बलियो बनाउनु पर्ने धारणा राखे । उनले नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण सृजना गर्न सरकार तयार रहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले कोभिड १९ पछि नेपालको अर्थतन्त्र क्रमशः पुनः उत्थान हुँदै गएको र नेपाल केही वर्षभित्र अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने अवगत गराए । नेपाल उद्योग परिसंघले आयोजना गरेको सम्मेलनमा बिभिन्न मुलुकका प्रतिनिधि सहभागी छन् ।

सम्मेलनमा सडक, ऊर्जा, रेल, रियल इस्टेट, फोहोर मैला व्यवस्थापन तथा वातावरण, सूचना प्रविधि, व्यापारसहितका अन्य पूर्वाधारका क्षेत्रका विषयमा छलफल हुने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट