काजू र बदाम यी राेगीका लागि हुनसक्छ वीष समान !-Sutra News

काजू र बदाम यी राेगीका लागि हुनसक्छ वीष समान !

शुक्रबार, २८ भाद्र २०८१

शुक्रबार, २८ भाद्र २०८१

काजू र बदाम जस्ता ड्राई फ्रुट हाम्रो स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । सबैले यो विश्वास गर्छन्, तर के तपाईलाई थाहा छ कि यी दुई उत्कृष्ट चीजहरूमा पनि केही बेफाइदाहरू छन्।



कतिपयको लागि यो विष समान छ । हो, एक नयाँ अनुसन्धानका अनुसार काजू र बदाम केही मानिसका लागि हानिकारक हुनसक्छन् ।

यी व्यक्तिहरूले काजु-बदामको सेवन गल्तिले पनि गर्नु हुँदैन

माइग्रेन

पछिल्लो समय माइग्रेनको समस्या निकै बढेको छ । माइग्रेनलाई ट्रिगर रोग पनि मानिन्छ।

कतिपय बिरामीमा काजू-बदामको सेवनले माइग्रेन हुन सक्छ। यसको कारण काजू-बदाममा ठूलो मात्रामा एमिनो एसिडको उपस्थिति हो।

एमिनो एसिडले टाउको दुखाइ बढाउन काम गर्छ। यस्तो अवस्थामा माइग्रेनका बिरामीले भूलवश पनि खानु हुँदैन ।

तर, चिकित्सकहरुका अनुसार हरेक बिरामीको शरीर फरक–फरक हुने भएकाले यो समस्या सबैलाई नै होस् भन्ने जरुरी छैन ।

मधुमेह

मधुमेहका बिरामीले पनि काजू र बदामबाट टाढा रहनुपर्छ । धेरैजसो मधुमेहका बिरामीले कुनै न कुनै औषधि सेवन गर्छन् ।

यस्तो अवस्थामा काजू र बदामले यस्ता व्यक्तिको शरीरमा गर्मीको मात्रा बढाउन सक्छ ।

रजोनिवृत्ति

रजोनिवृत्तिबाट गुज्रिरहेका महिलाहरूले पनि काजू र बदाम खानु हुँदैन। यो कारणले गर्दा यी नटहरूको प्रकृति तातो हुन्छ, जसले शरीरमा अत्यधिक गर्मी निम्त्याउन सक्छ।

केही रिपोर्टका अनुसार रजोनिवृत्तिको समयमा काजू खाँदा महिलालाई गम्भीर रोग लाग्न सक्छ।

ग्यास एसिडिटीको समस्या

हरेक दिन पेटसम्बन्धी समस्याबाट ग्रसित व्यक्तिहरूले काजू र बदाम खानबाट जोगिनुपर्छ। यी दुवै खानेकुराले पेटमा एसिडिटीको मात्रा बढाउन सक्छ ।

उच्च रक्तचाप

उच्च रक्तचापका बिरामीले पनि काजू र बदामको अत्याधिक उपभोग गर्न हुँदैन । काजूमा सोडियमको मात्रा उच्च हुन्छ । यसको सेवनले उच्च रक्तचाप भएका व्यक्तिहरूलाई मुटुसम्बन्धी समस्या हुन सक्छ।

माइग्रेनबाट राहत पाउन के खाने ?

गुड़ र दूध सेवन गर्नुहोस्।

दालचीनीको पेस्ट बनाएर निधारमा लगाउने ।

ल्वाङ–दालचीनी पनि फाइदाजनक हुन्छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट