एकै दिन ३ हजारले बढ्दै सुनकाे मूल्यले बनायाे अर्काे रेकर्ड-Sutra News

एकै दिन ३ हजारले बढ्दै सुनकाे मूल्यले बनायाे अर्काे रेकर्ड

शुक्रबार, २८ भाद्र २०८१

शुक्रबार, २८ भाद्र २०८१

काठमाडाैं । स्थानीय बजारमा साताकाे अन्तिम काराेबार दिन (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएकाे छ । लगातार बृद्धिका बिच सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।



यसअघि बुधबार प्रतितोला एक लाख ५३ हजार चार रूपैयाँ पुगेकाे सुनकाे मूल्यले नयाँ रेकर्ड बनाएकाे थियाे ।

तर, शुक्रबार प्रतितोलाकै एक लाख ५६ हजार तीन सय रूपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारकाे मूल्य बुधबारकाे रेकर्डभन्दा २ हजार ९ सय रूपैयाँले बढी हो।

यसअघि बिहीबार सुन प्रतितोला एक लाख ५३ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा शुक्रबार ताेलाकै तीन हजार रूपैयाँले बढ्दै सुनले नयाँ रेकर्ड बनाएकाे हाे ।

सुनकाे मूल्यमा ह्वात्तै बृद्धि हुँदा शुक्रबार चाँदीको मूल्यमा पनि उच्च बृद्धि भएकाे छ । बिहीबारकाे तुलनामा प्रतिताेला ६५ रूपैयाँले बढ्दै चाँदी प्रतिताेला एक हजार आठ सय ६० रूपैयाँ पुगेकाे महासंघले जनाएकाे छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट