६५ लाख नगदसहित पलेशालाई सरकारले गर्‍यो सम्मान-Sutra News

६५ लाख नगदसहित पलेशालाई सरकारले गर्‍यो सम्मान

शुक्रबार, २८ भाद्र २०८१

शुक्रबार, २८ भाद्र २०८१

काठमाडाैं । सरकारले पेरिस पारा-ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्द्धनलाई ६५ लाख नगदसहित सम्मान गरेको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा विशेष कार्यक्रम आयोजना गरि गोवर्द्धनलाई सम्मान गरिएकाे हाे ।



प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल माध्यममार्फत गोवर्द्धनकाे खातामा रकम जम्मा गराएको जानकारी दिएका थिए।

पलेसाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कास्य पदक जितेकी थिइन्।

त्यस्तै, सरकारले खेल प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार र टीम व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरेकाे छ ।

राष्ट्रिय खेलकुद विकास नियमावलीअनुसार प्रदान गरिएको यो पुरस्कारमा लाग्ने कर छुट गरिने निर्णय यसअघि मन्त्रिपरिषद्ले गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट