खुल्याे एलआरआरको ‘कीर्ते काम’, आधिकारिकताबारे बोल्यो स्काइवेलको उत्पादक कम्पनी-Sutra News

खुल्याे एलआरआरको ‘कीर्ते काम’, आधिकारिकताबारे बोल्यो स्काइवेलको उत्पादक कम्पनी

शुक्रबार, २८ भाद्र २०८१

शुक्रबार, २८ भाद्र २०८१

काठमाडौं । चिनियाँ इलेक्ट्रिक कार स्काईवेलको नेपालका लागि आधिकारिक बिक्रेता को भन्ने विवादमा चिनियाँ उत्पादक कम्पनी नै बोलेको छ । एलआरआर मोटर्स प्रा.लि. नामक कम्पनीले नेपालमा आफू आधिकारिक बिक्रेता भन्दै गाडीको अधिकतम खुद्रा बिक्री मूल्य सार्वजनिक गरेपछि सुरु भएको विवादमा स्वयम् उत्पादक कम्पनी नान्जिङ गोल्डेन ड्रागन बस कम्पनी बोलेको हो ।



नान्जिङ गोल्डेन ड्रागन बस कम्पनीले नेपालमा जी मोटर्स प्रालि, भक्तपुर मात्रै आफ्नो आधिकारिक बिक्रेता भएको बताएको छ । कम्पनीले सोबारे भन्सार विभाग र वाणिज्य विभागलाई पत्र पठाउँदै स्पष्ट पारेको छ ।

कम्पनीका डेपुटी जीएम थोमसले जारी गरेको विज्ञप्तिअनुसार जि मोटर्सभन्दा अर्को कुनै कम्पनीले आयात गरेमा सो आयात अवैध हुनेछ ।

गत वर्ष जी मोटर्सले नेपाली बजारमा स्काइवेलको विद्युतीय गाडी भित्र्याएको थियो । जीे मोटर्सले हालै सम्पन्न नाडा अटो शो २०२४ मा पनि स्काइवेलको बीई ११ का नयाँ मोडलहरु सार्वजनिक गरेको थियो ।

अटो शोमा स्काइवेलका नयाँ मोडलहरुको उत्साहजनक बुकिङ्ग भएको थियो ।

यद्यपि, यही बिच एलआरआर मोटर्स नामक समूहले आफू आधिकारिक बिक्रेता भएको भन्दै एक दैनिक पत्रिकामार्फत भन्सार प्रयोजनका लागि अधिकतम खुद्रा बिक्री मूल्य सार्वजनिक गरेको थियो । जुन घटनापछि विवाद बढेको हो ।

हालसम्म बिक्री गर्दै आएको जी मोटर्स कानुनी उपचारको बाटो खोजिरहँदा उत्पादक कम्पनी नै यसबारे बोलेको हो । जी मोटर्सले एलआरआर मोटर्सको हतकण्डा र भन्सार विभागको विषयलाई लिएर अदालतमा समेत मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट