आईएनआई सिनेमाजमा ‘छक्का पञ्जा ४’ निःशुल्क हेर्न पाइने-Sutra News

आईएनआई सिनेमाजमा ‘छक्का पञ्जा ४’ निःशुल्क हेर्न पाइने

शुक्रबार, २८ भाद्र २०८१

शुक्रबार, २८ भाद्र २०८१

काठमाडाैं । फिल्म ‘छक्का पञ्जा ४’ निःशुल्क हेर्न पाइने भएकाे छ । काठमाडौंको नयाँ वानेश्वरस्थित एनबी सेन्टरमा रहेको आईएनआई सिनेमाजमा शनिबार फिल्म निःशुल्क हेर्न पाइने भएकाे हाे ।



फिल्मका निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमा लेख्दै शनिबार दिउँसो २ः३० र बेलुका ५ः३० बजे तय गरिएको शोको टिकटका लागि काउन्टरमा सम्पर्क गर्न आग्रह गरेका हुन् ।

‘आईएनआई सिनेमा हल(बानेश्वर)मा बार्षिक उत्सवको उपलक्ष्यमा भोलि शनिबार छक्का पन्जा ४ निःशुल्क प्रदर्शन हुँदैछ ! टिकटका लागि काउन्टरमा पाल्नु होला’, गिरीले सामाजिक सञ्जालमा लेखेका छन् ।

काठमाडौंको नयाँ वानेश्वरस्थित एनबी सेन्टरमा रहेको आईएनआई सिनेमाज दीपकराज गिरी, दीपाश्री निरौला लगायतले सञ्चालन गरेका छन्।

फिल्म ‘छक्का पञ्जा ४’ गत वर्षकाे फागुनमा प्रदर्शनमा आएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट