ह्वावे डिजिटल पावरद्वारा आयोजित ‘नेपाल पूर्वाधार सम्मेलन २०२४’ सम्पन्न-Sutra News

ह्वावे डिजिटल पावरद्वारा आयोजित ‘नेपाल पूर्वाधार सम्मेलन २०२४’ सम्पन्न

शुक्रबार, २८ भाद्र २०८१

शुक्रबार, २८ भाद्र २०८१

काठमाडाैं । ह्वावे डिजिटल पावरले नेपाल पूर्वाधार सम्मेलन २०२४ मा सफलतापूर्वक सम्पन्न गरेकाे छ । कन्फेडेरेसन अफ नेपाली इन्डस्ट्रिज सिएनआइले भाद्र २७ र २८ गते मा काठमाडौंमा सम्मेलनको आयोजना गरेको थियाे ।



दुई दिने कार्यक्रममा, विश्वभरका नीति निर्माता, उद्योगी ब्यवसायी र वैज्ञानिक आविस्कारकहरू भेला भएर नेपालको पूर्वाधार विकासको बारेमा भएको छलफल भएका थिए । सम्मेलनको प्रमुख ध्यान हरित ऊर्जा, दिगोपन र डिजिटल रूपान्तरणमा केन्द्रित गरिएको थियो ।

यस वर्षको सम्मेलन नेपालको पूर्वाधारको भविष्यलाई आकार दिनमा स्वच्छ ऊर्जा र डिजिटलाइजेशनको महत्वपूर्ण भूमिका रहने तर्फ केन्द्रित रहेकाे थियाे ।

भाद्र २७ को ऊर्जा र जलस्रोत प्यानल छलफलमा, ह्वावे एपीएसी डिजिटल पावर स्मार्ट पिभि एण्ड इएसएस का अध्यक्ष, चेन योंगले “स्मार्ट र दिगो संसारको लागि ऊर्जा डिजिटलाइजेशन” शीर्षकमा अध्ययन प्रस्तुत गरेका थिए । उनले ह्वावेको वैश्विक ऊर्जा रुपान्तरणमा भूमिका, डिजिटल समाधानलाई पावर इलेक्ट्रोनिक्ससँग एकीकृत गरेर स्वच्छ ऊर्जा उपलब्ध गराउने र हरित क्रान्तिमा योगदान पुर्याउने स्पष्ट पारेका थिए ।

सम्मेलनलाई सम्बाेधन गर्दै चेन योंगले भनेका थिए, “वैश्विक ऊर्जा परिदृश्य द्रुत गतिमा परिवर्तन भइरहेको छ जलवायु परिवर्तनको आवश्यकता र दिगो वृद्धि विश्वव्यापी आवश्यकता हो । ह्वावे कार्बन तटस्थता समर्थन गर्न प्रतिबद्ध छ । कम कार्बन उर्जा उत्पादन, इलेक्ट्रिक ऊर्जा खपत, र डिजिटलाइजेशनलाई एकीकृत गरेर हरित रूपान्तरणलाई सशक्त पार्न ह्वावे अडिग छ । ५ औं औद्योगिक क्रान्ति आइआर, जसले कम कार्बन र बौद्धिक प्रविधिहरूसँग मेल खान्छ, जसले हामीलाई हरित संसारसँग ल्याउँछ ।”

सम्मेलनको समापनसँगै, ह्वावे डिजिटल पावरले नेपाललाई उन्नत डिजिटल पावर समाधानहरूसँग सशक्त पार्नका निम्ति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ। स्थानीय सरोकारवालहरूसँगको साझेदारी मार्फत, ह्वावे डिजिटल पावरले नेपालको हरित र डिजिटल रूपान्तरणको यात्रा सहयोगी पात्रका रुपमा रहेने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट