आज शनिबार तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?-Sutra News

आज शनिबार तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

शनिबार, २९ भाद्र २०८१

शनिबार, २९ भाद्र २०८१

आज मिति २०८१ भदौ २९ गते शनिबार । सन् २०२४ सेप्टेम्बर १४ तारिख । नेपाल सम्बत ११४४ एकादशी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ४८ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ९ बजेर हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

दौडधुपका साथै जोखिम बढ्ने छ । काममा रुचि घट्ने र मनमा खराब विचारहरुले डेरा जमाउन सक्ने समय छ । काममा रोकावट र मानसम्मानमा आघात पुग्न सक्छ । तथापि, सोच्दैनसोचेको काम सम्पादन हुने योग छ । धनलाभ हुने देखिन्छ । कठोर मिहिनेतले काम बन्नेछ । मिठो भोजन प्राप्त होला ।

बृष

उद्योग र व्यापारमा विशेष फाइदा हुने दिन छ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने छ । सोचेभन्दा बढी नै लाभ हुने समय छ । साझेदारी काममा विशेष लाभ मिल्नेछ । दीनदुःखीलाई दिएको सहयोगका कारण रोकिएको काम बन्न सक्छ । दीगो आर्जनका लागि धन लगानी गर्ने अवसर मिल्न सक्छ । साझेदारीको काम बन्नेछ । प्रेमभाव र दाम्पत्य सुख बढ्ने छ । परिवारिक सुखका साथ उत्साह बढ्ने छ ।

मिथुन

सामाजिक क्षेत्रमा अग्रसर हुने दिन छ । वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ उठाउन सकिनेछ । सहयोग, पुरस्कार र हौसला जस्ता कुरामा वृद्धि हुनेछ भने बिग्रिएका कामहरू बन्ने योग छ । तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला । शत्रु परास्त गर्ने सामर्थ्य बढ्नेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

कर्कट

आजको दिन विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । मौकाको फाइदा उठाउन नसकिएला । आज यात्रा गर्नुछ भने स्थगन गरेकै बेश होला । गरिएका कामको उचित प्रतिफल पाइने छ । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिने सम्भावना छ । सन्तानसुख र प्रेमभाव बढ्नेछ । रसरागमा आकर्षण बढ्ने छ ।

सिंह

ब्यस्तताका साथै खर्च वृद्धि हुने समय छ । विगतका निर्णयले काम बिग्रन सक्ने समय छ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्, सचेत रहनुहोला । मान्यजनको सुझावप्रति समेत विश्वास नलाग्ने योग छ । होश नपुग्नाले खर्च बढ्न सक्छ । मातापिता वा अभिभावकको स्वास्थ्यमा केही कमजोरी आउने सम्भावना छ । रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या

रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । धन आर्जन गर्ने मौका मिल्ला । सहयोगीहरूले राम्रो साथ दिनेछन् । व्यापारमा पनि राम्रै फाइदा हुने देखिन्छ । काममा मातापिताको सहयोग प्राप्त होला । कर्म प्राप्तिको योग छ । साथीभाइको सहयोग प्राप्त हुनेछ । आफन्तको सहयोगले कार्यगति बढ्नेछ । यात्रामा सफलता प्राप्त होला । अन्ततः समस्याको समाधान मिल्नेछ ।

तुला

अरूलाई प्रभावित पारेर काम लिन सकिने दिन छ । प्रतिष्ठा आर्जनको काम गर्ने मौका मिल्नेछ । व्यवसायबाट राम्रै फाइदा उठाउने अवसर जुर्ला । प्रतिस्पर्धीहरूले हार खान सक्छन् । काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ मिल्ने देखिन्छ । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नु हुनेछ ।

बृश्चिक

आजको दिन स्वास्थ्यमा केही गडबडी भइ दैनिक कामकाजमा असर पर्ने सम्भावना छ । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । सहयोगीहरूले पनि त्यत्ति साथ नदिनसक्ने समय छ । भेटघाटमा अलमलिनाले काममा बाधा पुग्ला । आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, ध्यान राख्नुहोला । कठोर मिहिनेतले रोकिएको काम बन्नेछ । योजना र बजेट बनाएरमात्र कार्य गर्नु बेस होला ।

धनु

पारिवारिक सुख मिल्नुका साथै अध्ययन९अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । शुभचिन्तकहरूले तपाईंका कमजोरीप्रति गुनासो गर्न सक्छन् । सवल स्वास्थ्यका लागि खानपानमा सचेत रहनु हितकर होला । लामो समयदेखि रोकिएको काम बन्नेछन् । लगानी बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर

खेलकुद तथा कलाकारिता क्षेत्रमा रहनेहरुको लागि समय उत्साहप्रद देखिन्छ । धर्मकर्ममा रुचि बढ्ने समय छ । धन आर्जन गर्ने मौका मिल्ला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आफ्नै कमजोरीले विवादमा परिने, सावधान रहनुहोला । ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ देला । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ

कर्मबल बढ्ने समय छ । श्रमको उचित मूल्यांकन होला । समाजमा तपाईंका कुरा काट्नेको कमी नहोला, सचेत रहनु हितकर हुनेछ । आकस्मिक यात्राको सम्भावना छ । नयाँ जिम्मेवारी मिल्ने योग छ । पारिवारिक आवश्यकता पूर्ति हुनेछ । परिवारजनबाट टाढिनुपर्ला । मिठो भोजन प्राप्त हुनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन

विश्वास गरेकाबाट धोका हुन सक्ने समय छ । खर्च बढ्नुको साथै शरीरमा आलस्यता बढ्ला । पठनपाठनमा त्यति समय दिन नसकिएला । आलोचनाको शिकार पनि बन्न सक्नु हुनेछ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । आजको दिन प्रयत्न गर्दा पनि उपलब्धि हासिल गर्न गाह्रो पर्ला । धर्मकर्ममा आकर्षण बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट