दाउरा संकलन गर्न खोज्दा महाकालीमा बगे दुई किशोर-Sutra News

दाउरा संकलन गर्न खोज्दा महाकालीमा बगे दुई किशोर

शनिबार, २९ भाद्र २०८१

शनिबार, २९ भाद्र २०८१
अविरल वर्षा र त्यसपछि आएको हापुरखोलाको बाढीले कटान गर्दै गरेको दाङको घोराही उपमहानगरपालिका-९ स्थित अस्पारा गनारको खेतीयोग्य जमिन । तस्बिर: कुलदीप न्यौपाने/ रासस

काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ स्थित महाकाली नदीमा दुई किशोर बगेका छन् ।



महाकाली नदीबाट दाउरा संकलन गर्ने क्रममा दुई किशोर बगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर थापाले जानकारी दिए ।

उनका अनुसार आज दिउँसो भीमदत्त १२ का १८ वर्षीय सौरभ दमाइ र सोही ठाउँका १५ वर्षीय अबि दमाइ दाउरा संकलन गर्ने क्रममा महाकाली नदीमा बगेका छन् ।

तीमध्ये सौरभको शव फेला परेको छ । दोधारा चाँदनी झोलुङ्गे पुल नजिक महाकाली किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

महाकालीमा बगेका अर्का किशोर अबिको अवस्था अज्ञात छ । स्थानीय र सुरक्षाकर्मीले उनको खोजी गरिरहेका छन् । लगातारको वर्षापछि महाकालीमा पानीको बहाब बढी भएकाले नदीको किनारै किनार किशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट