एनपीएलका लागि मार्की प्लेयर टुंगियो, कुन टोलीमा को परे ?-Sutra News

एनपीएलका लागि मार्की प्लेयर टुंगियो, कुन टोलीमा को परे ?

शनिबार, २९ भाद्र २०८१

शनिबार, २९ भाद्र २०८१

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टिमको मार्की प्लेयर टुंगो लागेको छ ।



क्यानले शुक्रबार ८ मार्की प्लेयरको नाम सार्वजनिक गरेको थियो । जसमा आज शनिबार आयोजित एक कार्यक्रममा मार्की प्लेयरको टिम टुंगो लगाइएको हो ।

जसअनुसार काठमाडौँको मार्की प्लेयरमा करण केसी, पोखराको कुशल भुर्तेल, चितवनको कुशल मल्ल, विराटनगरको सन्दीप लामिछाने, जनकपुरको आसिफ सेख प्लेयर बनेका छन् ।

यस्तै, लुम्बिनीको रोहित पौडेल, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरी मार्की प्लेयर बनेका छन् । आगामी नोभेबर ३० देखि २१ डिसेम्बरसम्म एनपीएल खेल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट