सुनको मूल्यमा भारी वृद्धि, यो साता बनायो कीर्तिमान-Sutra News

सुनको मूल्यमा भारी वृद्धि, यो साता बनायो कीर्तिमान

शनिबार, २९ भाद्र २०८१

शनिबार, २९ भाद्र २०८१

काठमाडौँ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो साताको तुलनामा यो साता सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले बढेको हो ।



महासंघका अनुसार अघिल्लो शुक्रबार छापावाला सुन मूल्य प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यो साता बढेर अन्तिम कारोबार दिन एक लाख ५६ हजार ३०० पुगेको छ । यो मूल्य अहिलेसम्मकै कीर्तिमानी हो ।

यो साता चाँदीको मूल्यमा पनि भारी वृद्धि भएको छ । अघिल्लो साताको तुलनामा यो साता चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले वृद्धि भएको हो ।

अघिल्लो शुक्रबार प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भएको चाँदी यो साताको अन्तिम कारोबार दिन एक हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट