काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)का मार्की खेलाडीले २० लाख रुपैयाँ पारिश्रमिक पाउने भएका छन् । कूल आठ जना मार्की खेलाडीले कम्तीमा २० लाख पाउने भएका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने फ्रेन्चाइज लिगका लागि शुक्रबार मार्की प्लेयर घोषणा गरेको थियो । शनिबार गोला प्रथाबाट उनीहरूको टिम टुंगो लगाएको हो ।
शनिबार गरिएको घोषणाअनुसार काठमाडौंको करण केसी, पोखराको कुशल भुर्तेल, चितवनको कुशल मल्ल, विराटनगरको सन्दीप लामिछाने, जनकपुरको आसिफ सेख रहेका छन् ।
यस्तै, लुम्बिनीको रोहित पौडेल, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरी मार्की प्लेयरमा छनोट भएका छन् ।