‘यो मनको चाहन’ गीत सार्वजनिक-Sutra News

‘यो मनको चाहन’ गीत सार्वजनिक

शनिबार, २९ भाद्र २०८१

शनिबार, २९ भाद्र २०८१

काठमाडौँ । ‘यो मनको चाहन’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गायक सुरेश लामा र गायिका दीपा लामाको आवाजमा सजिएको गीत आज सार्वजनिक भएको हो ।



गीतको शब्द डा. दामोदर रेग्मीले लेखेका हुन् । संगीत डी‍.बी. लामाको रहेको छ । विशाल निरौलाले एरेन्ज गरेका गीतलाई रञ्जन राईले मिक्सिङ र मास्टरिङ गरेका छन् ।

गीतको भिडियोमा चर्चित मोडेल तथा नायक प्रभात पल ठकुरी र मोडेल अप्सना बलामीले अभिनय गरेका छन् । उनीहरूलाई एकार्काको प्रेमभाव व्यक्त गर्दै देखाइएको छ ।

उत्तम शिशिर श्रेष्ठको कन्सेप्ट र निर्देशनमा तयार पारिएको भिडियोको छायांकन सिनेम्याटोग्राफर विशाल थापाले गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन र कलरिङ गरेका छन्।

गीतलाई नेपमेलो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतको निर्माण टिमले यसलाई दर्शकले मन पराउने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट