बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते-Sutra News

बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते

शनिबार, २९ भाद्र २०८१

शनिबार, २९ भाद्र २०८१

काठमाडौँ । बागलुङको बुर्तिबाङमा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । घटनामा ११ जना घाइते भएका छन् ।



जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार पुनः निर्माणका क्रममा घर भत्किँदा घर धनी विकसहित एक दर्जन कामदार घाइते भएका थिए ।

विकको उचारका क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । उनका अनुसार घाइते हुनेमा रुपन्देहीको बुटवल उपमहानगर ९ का २६ वर्षीय शंकर पन्थी, काठमाडौँ महानगर १० का २४ वर्षीय सुगान्त पौडेल रहेका छन् ।

यस्तै, बागलुङको ढोरपाटन ४ का खडकप्रसाद विक, सोही ठाउँका २० वर्षीय ईन्द्र रसाइली, ४० वर्षीया कोपिला छन्त्याल, ५० वर्षीय शुभ बुढामगर, ढोरपाटन १ का ४० वर्षीया देवीसरा विक, सोही ठाउँकी ३० वर्षीया थम कुमारी विक, तमानखोला गाउँपालिका १ की ३८ वर्षीया खममाया घर्ती, ३५ वर्षीय टेकबहादुर विक र ५१ वर्षीया टेकमाया रसाइली छन् ।

घरले पुरिएका सबैको उद्धार गरी स्वास्थ्य केन्द्रमा लगिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट