कारोबारसँगै प्रिसेसनमा बढ्यो नेप्से, जलविद्यूत क्षेत्रमा झुम्मिए लगानीकर्ता-Sutra News

कारोबारसँगै प्रिसेसनमा बढ्यो नेप्से, जलविद्यूत क्षेत्रमा झुम्मिए लगानीकर्ता

आइतबार, ३० भाद्र २०८१

आइतबार, ३० भाद्र २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार)को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) ९.९८ अंकले बढेको छ । ९.९८ अंकले बढ्दै नेप्से २६९८.५१ को बिन्दुमा उक्लिएको छ ।



प्रिसेसनमा सूचकसँगै नेप्सेमा कारोबार रकम पनि ह्वात्तै बृद्धि भएको छ । २६ हजार ८२० कित्ता सेयर किनबेच हुँदा प्रिसेसनमा कारोबरा रकम १ करोड ५३ लाख ८१ हजार रुपैयाँको भयो ।

यो सेसनमा सबैभन्दा बढी हाइड्रो क्षेत्रका कम्पनीको कारोबार भएको छ ।

कारोबारमा आएका ६९ कम्पनीमध्ये यस सेसनमा ५१ कम्पनीको मूल्य बढ्यो भने १३ कम्पनीको मूल्यमा गिरावट देखियो । ५ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

लगातार गिरावटका बिच गत साताको अन्तिम कारोबार दिन बिहीबार ७८.३१ अंकले बढ्दै नेप्से २६८८.५३ को बिन्दुमा उक्लिएको थियो । उत्साहपूर्णरुपमा बढेको नेप्सेमा ८ अर्ब १६ करोड ९२ लाख बराबरको कारोबार भएको थियो ।

जसको प्रभाव प्रिसेसनमा समेत देखिएको छ । प्रिसेसनको कारोबारले नेप्सेलाई आज थप उचाईमा पु¥याउने सम्भावना अधिक छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट