सुनकाे मूल्यमा फेरि अर्काे रेकर्ड-Sutra News

सुनकाे मूल्यमा फेरि अर्काे रेकर्ड

आइतबार, ३० भाद्र २०८१

आइतबार, ३० भाद्र २०८१

काठमाडाैं । नेपाली बजारमा साताकाे पहिलाे काराेबार दिन (आइतबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएकाे छ । लगातार बृद्धिका बिच एकपछि अर्काे रेकर्ड बनाइरहेकाे सुनकाे मूल्य आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो।



नेपाल सुनचाँदी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५६ हजार आठ सय रूपैयाँ पुगेको छ।

यसअघि शुक्रबार पनि सुनकाे मूल्यले नयाँ रेकर्ड बनाएकाे थियाे । उक्त दिन सुन प्रतितोला एक लाख ५६ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। शुक्रबारकाे तुलनामा आजकाे मूल्य ५ सय सय रूपैयाँले बढी हाे ।

सुनकाे मूल्यले एकपछि अर्काे रेकर्ड बनाइरहँदा नेपाली बजारमा चाँदीकाे मूल्य पनि रेकर्ड बनाउने गरी बृद्धि भइरहेकाे छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय रूपैयाँ पुगेको छ ।

यसअघि शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भएको थियो। आजकाे मूल्य शुक्रबारकाे तुलनामा प्रतितोला ४० रूपैयाँ बढी हाे ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट