एमजी मोटरले सार्वजनिक गर्‍यो पहिलो स्मार्ट सीयूभी-Sutra News

एमजी मोटरले सार्वजनिक गर्‍यो पहिलो स्मार्ट सीयूभी

आइतबार, ३० भाद्र २०८१

आइतबार, ३० भाद्र २०८१

काठमाडाैं । एमजी मोटर इन्डियाले भारतको पहिलो एमजी विन्डसोर स्मार्ट सीयूभी (क्रसओभर युटिलिटी भेहिकल) लन्च गरेको छ । यसले अटोमोटिभ उद्योगमा ठूलो प्रभाव पारेको कम्पनीले जनाएको छ ।



कम्पनीकाअनुसार यो सीयूभीमा सेडानको आराम र एसयूभीको संयोजन गरिएको छ । एरोग्लाइड डिजाइनसँग एमजी विन्डसोरको डिजाइन गरिएको कम्पनीले जानकारी दिएको छ । यसले उत्कृष्ट कारीगरी समेटेको कम्पनीको दाबी छ ।

यो सीयूभीको आकर्षक गुणस्तर र ठूलो ह्विलबेस रहेको छ भने यात्रालाई गुणस्तरीय बनाउने कम्पनीको दाबी छ ।

यसको सेगमेन्ट -प्रथम १५.६ इन्चको ‘ग्रान्ड भ्यू टच डिस्प्ले’ छ । जसले मनोरञ्जन, नेभिगेशन र गाडीका सेटिङहरूमा महत्त्वपूर्ण भूमिका निभाउँदछ । ठूलो टचस्क्रिनले गाडीको इन-कार अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने कम्पनीको दाबी छ । यसमा रहेको ‘इन्फिनिटी भ्यू ग्लास रूफ’ले प्यानोरामिक दृश्य प्रदान गर्ने कम्पनीले जनाएको छ ।

एमजी मोटर इन्डिया ले यो नयाँ सीयूभी लन्च गर्दा नेपालमा एमजी मोटरको अधिकृत वितरक पारामाउन्ट प्रालिले नेपालमा भित्र्याउने संकेत गरेको छ । नेपाली ग्राहकहरूलाई लक्जरी, प्रदर्शन, र बहुपरकारीताका तीव्र स्तर ल्याउनका लागि यसलाई भित्र्याइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट