काठमाडौँ । टिपर र मोटरसाइकल आपसमा ठोकिँदा एक नेपाली सेनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई गाउँपालिका २ देउमाई इलामका २६ वर्षीय सुरेन राई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार शनिबार बेलुका ५ गोरखाबाट लक्ष्मी बजार जाँदै गरेको ग १ क ५६५४ नम्बरको ट्रिपरले गोरखा नगरपालिका ९ लक्ष्मी बजारबाट ठिङगुरे स्वाँराको रिपु मर्दन गणतर्फ आउँदै गरेको बा ७० प २८७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
घटनामा नेपाली सेनाका पिउठ सुरेन गम्भीर घाइते भई जिल्ला अस्पताल गोरखामा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको हो । मोटरसाइकल चालक २५ वर्षीय जनम राई घाइते भएका छन् । दुवै जना रिपु मर्दन गणमा कार्यरत पिउठ रहेको जनाएको छ ।