अरविन्द केजरीवालले गरे मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा-Sutra News

अरविन्द केजरीवालले गरे मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा

आइतबार, ३० भाद्र २०८१

आइतबार, ३० भाद्र २०८१

काठमाडौँ । दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टी (आजपा)का राष्ट्रिय संयोजक अरविन्द केजरीवालले आइतबार रविशंकर शुक्ला लेनस्थित पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गरे ।



यसै क्रममा उनले दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिने विषयमा कार्यकर्ताका अगाडि घोषणा गरेका छन् । उनले ‘लेटर बम’ फुटाउँदै प्रधानमन्त्री मोदी र एलजीमाथि कडा हमला गर्न भ्याए ।

दुई दिनपछि कुर्सी छाड्छु

कार्यकर्तालाई सम्बोधन गर्दै केजरीवालले ठूलो घोषणा गरेका छन् । उनले भने, ‘दुई दिनपछि अध्यक्षता छाड्छु, दुई दिनपछि पार्टी व्यवस्थापिका दलको बैठक बस्छ, यही बैठकमा आगामी मुख्यमन्त्रीबारे निर्णय हुनेछ ।’

“ममाथि भगवानलाई धन्यवाद दिन्छु, उहाँले हामी सबैलाई धेरै आशिष् दिनु भएको छ, उहाँकै कारणले हामी हाम्रा यति ठूला शत्रुहरूसँग लड्न सक्षम छौँ,” उनले भने, “जेलमा मैले धेरै सोच्ने, किताब पढ्ने समय पाएँ, भगत सिंहका कथाहरू धेरै पटक पढेँ ।”

१५६ दिन जेलमा बिताए

केजरीवाललाई मार्च २१ मा ईडीले मदिरा नीति मामिलामा मनी लान्ड्रिंग मुद्दामा पक्राउ गरेको थियो । १० दिनको सोधपुछपछि उनलाई १ अप्रिलमा तिहाड जेल पठाइएको थियो ।

मे १० मा उनी लोकसभा चुनावको प्रचारका लागि २१ दिनका लागि रिहा भएका थिए । ५१ दिन जेलमा बिताएपछि उनी रिहा भएका हुन् । जुन २ मा केजरीवालले तिहाड जेलमा आत्मसमर्पण गरेका थिए ।

सीबीआईले उनलाई मदिरा नीति भ्रष्टाचारसम्बन्धी मुद्दामा जुन २६ मा पक्राउ गरेको थियो । सेप्टेम्बर १३ मा सर्वोच्च अदालतले उनलाई जमानत दिएको थियो । यसरी उनले तिहाड जेलमा १५६ दिन बिताएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट