कांग्रेसको अध्ययन केन्द्र विभागमा १० सदस्य मनोनित-Sutra News

कांग्रेसको अध्ययन केन्द्र विभागमा १० सदस्य मनोनित

आइतबार, ३० भाद्र २०८१

आइतबार, ३० भाद्र २०८१

काठमाडौँ । नेपाली कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन-स्रोत केन्द्र विभागका लागि १० जना सदस्य मनोनित भएका छन् ।



सभापति शेरबहादुर देउवाले आइतबार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम उनीहरूलाई मनोनयन गरेका हुन् ।

मनोनित हुनेमा पूर्णलाल श्रेष्ठ, (काठमाडौं), पुष्पराज जोशी, (कैलाली), डा. राजेन्द्र श्रेष्ठ, (दोलखा), नृप साउँद, (अछाम), प्रकाश राय, (महोत्तरी), महेन्द्र लामा, (सिन्धुपाल्चोक), विपिन किरण, (सुनसरी), आयुष गौतम, (अर्घाखाँची), चन्दा क्षेत्री, (स्याङ्जा) र प्रविण ददेल, (रूकुम पश्चिम) रहेका छन् ।

विभाग प्रमुखमा केन्द्रीय सदस्य अजयवावु शिवाकोटी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट