नेपाल र अमेरिकाबीच तीन टी-२० अभ्यास खेल हुने-Sutra News

नेपाल र अमेरिकाबीच तीन टी-२० अभ्यास खेल हुने

आइतबार, ३० भाद्र २०८१

आइतबार, ३० भाद्र २०८१

काठमाडौँ । नेपालले आईसीसी विश्वकप लिग-२ खेल्नुअघि अमेरिकासँग तीन टी २० आई सिरिज खेल्ने भएको छ । नेपाल र अमेरिकाबीच यो सिरिज अक्टोबर १७, १९ र २० मा ग्राण्ड पेरी क्रिकेट रंगशाला डालसमा हुने भएको हो ।



त्यसपछि नेपाल, अमेरिका र स्कटल्याण्डबीच लिग-२ त्रिकोणात्मक सिरिज ग्राण्ड प्रेरी रंगशाला डालसमा प्रतिस्पर्धा हुने भएको हो । नेपालले २७ अक्टोबरमा अमेरिकासँग खेल्ने छ ।

दोस्रो खेल स्कटल्याण्डसँग २९ अक्टोबरमा र तेस्रो खेल २ नोभेम्बरमा अमेरिकासँग खेल्ने छ । ४ नोभेम्बरमा स्कटल्याण्डसँग खेल्नेछ । लिग-२ पछि यी तीन टोलीबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनेछ ।

हाल नेपाली टोली क्यानडामा छ । नेपाल, क्यानडा र ओमानबीच लिग-२ सिरिज खेल्ने भएको छ । नेपालले सोमबार क्यानडासँग खेल्नेछ । त्यसपछि १८ सेप्टेम्बरमा ओमान, २२ सेप्टेम्बरमा क्यानडा र २४ सेप्टेम्बरमा ओमानसँग खेल्ने तालिका छ ।

नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनेछ । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा २८ सेप्टेम्बरमा क्यानडा, २९ मा ओमान, १ अक्टोबरमा क्यानडा र २ अक्टोबरमा ओमानसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट