एन्फा महिला लिग- शीर्ष स्थानमा उक्लियो एपीएफ-Sutra News

एन्फा महिला लिग- शीर्ष स्थानमा उक्लियो एपीएफ

आइतबार, ३० भाद्र २०८१

आइतबार, ३० भाद्र २०८१

काठमाडौँ । विभागीय टोली नेपाल एपीएफ क्लब एन्फा महिला लिगको शीर्ष स्थानमा उक्लिएको छ ।



सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा कर्णाली प्रदेशलाई ६-० गोल अन्तरले पराजित गर्दै एपीएफ तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । एपीएफलाई जित दिलाउन निशा थोकरले खेलको चौथौ मिनेटमा, रश्मी कुमारी घिसिङले ११ र २५ औं मिनेटमा, ५३ औं मिनेटमा गीता राना मगर र ७७ औं मिनेटमा हिमा रावतले गोल गरिन् । एक गोल आत्मघातीमार्फत पाएको थियो ।

एपीएफले ५ खेलमा चारमा जित र एक खेल बराबरी खेलेको छ । कर्णालीले समान खेलमा एक अंकका साथ नवौं स्थानमा छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना जारी लिगमा १० टोलीको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट