काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसदका दुई ठूला दल एमाले र नेपाली कांग्रेस मिल्दा जनतामा आत्मविश्वास बढेको बताए ।
एमाले केन्द्रीय स्कुल विभागद्वारा धनगढीमा आयोजित तीन दिने जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले दुई दलको सरकार बनेपछि देशमा परिर्वनको थालनी भएको बताए ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको सरकारले जनचाहनाअनुसार काम गर्दै गएकाले जनतामा सरकारप्रति आत्मविश्वास बढ्दै गएको दाबी गरे ।
आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याएर सरकार बनाउने दाबी गर्दै उनले त्यसका लागि सम्पूर्ण पार्टी शक्ति एक ढिक्का भएर संगठन निर्माणमा जुटेको बताए ।