स्याङ्जामा ६० प्रतिशतले गरे स्वास्थ्य बिमा-Sutra News

स्याङ्जामा ६० प्रतिशतले गरे स्वास्थ्य बिमा

आइतबार, ३० भाद्र २०८१

आइतबार, ३० भाद्र २०८१

काठमाडाैं । स्याङ्जा जिल्लामा झन्डै ६० प्रतिशतले स्वास्थ्य बिमा गरेका छन् । आर्थिक वर्ष २०८०-८१ काे तथ्यांकअनुसार जिल्लाको कुल जनसंख्याकाे करिब ६० प्रतिशत अथार्त १ लाख ५० हजार ७ सय ७४ जनाले स्वास्थ्य बिमा गरेका हुन् । २०७८ सालको जनगणनाअनुसार स्याङ्जा जिल्लाको जनसङ्ख्या २ लाख ५३ हजार रहेको छ ।



बिमा बाेर्डकाे जिल्लास्थित शाखा कार्यालयले जनाएअनुसार जिल्लामा सबैभन्दा बढी वालिङ नगरपालिभित्र बिमा भएकाे छ । जहाँ ३१ हजार नागरिक बिमामा आबद्ध भएकाे कार्यालयले जनाएकाे छ ।

त्यस्तै, भिरकोट नगरपालिकामा ९ हजार १ सय,  फेदीखोलामा ६ हजार ७ सय, पुतलीबजार नगरपालिकामा १९ हजार ८ सय, गल्याङ्ग नगरपालिकामा २६ हजार, अर्जुन चौपारीमा ४ हजार ८ सय, विरुवा गाउँपालिकामा ५ हजार ६ सय, चापाकोटमा १३ हजार ८ सय, कालिगण्डकी गाउँपालिकामा २२ हजार,  हरिनाश गाउँपालिकामा ५ हजारले बिमा गरेको जिल्ला संयोजक ध्रुव हमालले जानकारी दिए ।

स्वास्थ्य बिमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट